कांग्रेस अधिवेशन: डोटीका बहालवाला सभापति पहिलो चरणको निर्वाचनबाटै ‘आउट’
2021/11/24, 10:36
 
ss

नेपाली कांग्रेस डोटी जिल्ला कार्य समितिको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको पहिलो चरणको निर्वाचनबाटै वर्तमान सभापति बाहिरिएका छन्।  प्राप्त परिणाम अनुसार वर्तमान सभापति प्रदीपकुमार देउवाले पहिलो चरणको निर्वाचनमा तेस्रो धेरै अर्थात २१४ मात्रै मत ल्याउन सफल भएका छन्। 

यहाँ पहिलो चरणको निर्वाचनमा खसेको १ हजार ८५ मतमध्ये सबैभन्दा धेरै ३८५ नरेन्द्र बहादुर सिंहले ल्याएका छन्।  त्यसपछि दोस्रो धेरै ३४२ मत भूमिराज बडूले पाएका छन्। तेस्रो धेरै मत ल्याएका वर्तमान सभापति देउवा पहिलो चरणबाटै बाहिरिएका हुन्। अब दोस्रो चरणमा पहिलो धेरै ल्याएका सिंह र दोस्रो धेरै ल्याएका बडुबीच प्रतिस्पर्धा हुनेछ। यहाँ अब तेस्रो भएका देउवा, चौथो भएका नरबहादुर ढाँट र पाँचौँ भएका टेकराज ओझाको साथ लिन सक्ने एकजना नयाँ सभापति बन्न सक्ने सम्भावना छ।