अछाममा मतदाता भन्दा १८ मत बढी भेटिएपछि...
2021/11/24, 8:09
 
ss

अछाममा जारी नेपाली काँग्रेसको अधिवेशनमा मतदाता भन्दा १८ मत बढी भेटिएपछि मतगणना स्थगित भएको छ। क्षेत्र नम्बर १ को अधिवेशनमा मतदाता भन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो। 

कुल मतदाता संख्या ७ सय ६४ रहेको क्षेत्र १ मा ७ सय ५७ मत खसेको निर्वाचन समितिले जनाएको छ। मत गणनाको क्रममा ४ सय १७ मतगणनापछि बाँकी रहेका मतपेटीका खोलेर जम्मा मतपत्र संख्या ७ सय ७५ पुगेको उम्मेदवारहरूले बताएका छन्। खसेकोभन्दा बढी मतपत्र भेटिएपछि अहिले सरोकारवालाहरू छलफलमा जुटेको निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताए। 

नेपाली कांग्रेस अछामको दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएको अधिवेशन अन्तर्गतको चुनावको मतगणना भइरहेको छ।