धनगढी र नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिका सबै छ जना दावेदार नै महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
सभापतिका लागि धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर वड, जिल्ला उपसभापति प्रकाशववहादुर वम, पूर्व उपसभापति नारायण भट्ट, खेमराज चौधरी, गणेश देउवा र युवानेता भीम वडुवाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन ।
वड, भट्ट र देउवा कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन । यस्तै गरेर खेम चौधरी र वडुवाल क्षेत्र नम्बर ३ बाट विजयी भए । भने उपसभापति प्रकाशवहादुर वम क्षेत्र नम्बर ४ बाट विजयी भए ।
वम र बडुवाल एक मतले मात्र महाधिवेशन प्रतिनिधि हुन सफल भएका हुन । यद्यपी क्षेत्र नम्बर ४ मा १० नम्बरमा एक जना छानिनु पर्नेमा तीन जनाको वरावर मत आएकोले पूरै मत फेरि गणना हुन पर्ने विवाद चलिरहेको छ ।
छ जना दावेदार नै सो पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । यद्यपी प्रकाशवहादुर वमसित नेतृ डा। आरजु राणा देउवा चिढिएको बताइन्छ ।
वर्तमान जिल्ला सभापति नरनारायण शाहको पहिलो रोजाइमा खेमराज चौधरी त्यसपछि नृप वड र प्रकाश वम रहेको चर्चा पनि छ । सभापति सहित जिल्लाका सवै पदमा भोली मंसिर १० गते चुनाव हुने कार्यक्रम छ ।