कैलालीमा काङ्ग्रेसको क्षेत्रीय अधिवेशनः संविधान सभाका पूर्व सदस्यसहितका नेता पराजित
2021/11/26, 10:35
 
dd

गुटको राजनीतिबाट अछुतो हुन नसकेको नेपाली काङ्ग्रेसमा सो पार्टीका जिल्लामा नाम चलेका केही नेता पराजित भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत कैलालीमा भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशनमा पौडेल पक्षका मानिएका नेताहरु पराजित भएका छन् ।

यो जिल्लामा १३० जना महाधिवेशन प्रतिनिधि चयन हुँदा पौडेल पक्षका जम्मा १० जनामात्रै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । बाँकी १२० जना देउवा पक्षका निर्वाचित भएको नेपाली काङ्ग्रेसका नेताले जानकारी दिएका छन् ।  प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार महाधिवेशन प्रतिनिधिमा पूर्व सभासद् बुद्धिसागर चौधरी पराजित भएका छन् । उनी क्षेत्र नम्बर ३ बाट पराजित भएका हुन । यसैगरी, नेता गोविन्दराज जोशी, फकिरसिंह कडायत, जङ्गबहादुर साउँद पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । जोशी क्षेत्र नम्बर ३, फकिरसिंह कडायत र जंगबहादुर साउँद क्षेत्र नम्बर १ बाट पराजित भएका हुन । 

पूर्वमन्त्री चन्द्रसिंह भट्टराई, पूर्वमन्त्री दीर्घराज भाट र पूर्व संविधान सभा सदस्य प्यारेलाल रानाले भने महाधिवेशन प्रतिनिधिमा चुनाव नै लडेनन् । नेता भट्टराई क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएका थिए । देउवा पक्षका भाट र रानाले भने आफ्नो सट्टा अरुलाई मौका दिएको जनाइएको छ ।  यसैगरी, धनगढी उपमहानगरपालिका–१ का अध्यक्षसमेत रहेका सन्तोष मुडभरी क्षेत्रीय सभापतिमा पराजित पराजित भएका छन् । उनलाई पराजित गरेर भीम पडाल सभापतिमा विजयी भए । दुवै जना काङ्ग्रेस सभापति देउवा पक्षका हुन । यसअघि, प्रदेश सभाको अधिवेशनमा क्षेत्रीय सभापतिमा जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी पराजित भएका छन् । 

कैलाली क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा प्रकाश शाह क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । उनले २९५ मत प्राप्त गरी सभापतिका लागि चुनावी मैदानमा उत्रेका भुवनेश्वर अधिकारीलाई पराजित गरे । अधिकारीले २०० मत प्राप्त गरेका थिए । सचिवमा धनञ्जय रिमाल विजयी भए । 

क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चेतमान खत्री, डा. रणबहादुर रावल, धनराज उपाध्याय, नवराज रावल, नारायणदत्त मिश्र, थमबहादुर बस्नेत, विर्खबहादुर रावल, रणबहादुर रावल, राजकुमार हमाल, रामचन्द्र शर्मा निर्वाचित भएका छन् । यसैगरी, उमा महतो, गंगादेवी चौधरी, गीता कठरिया, जनकराज चौधरी, दीपक चौधरी, वीरप्रसाद चौधरी, पवनदेवी तिमिल्सिना विजयी भएका छन् । यस्तै, डा. जनकबहादुर सिंह रावल, रामबहादुर भण्डारी, कलापति स्वाँर, केशरी विष्ट, ललितादेवी सुनार, विष्णुदेवी रावल, अकबर अलि कुरेसी र देवेन्द्रसिंह नेपाली महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । 

क्षेत्र नम्बर २ मा क्षेत्रीय सभापतिमा विष्णु ढकाल विजयी भएका छन् । उनको प्यानल नै विजयी भएको छ । सचिवमा ब्रिजेश चौधरी, रघीवीर चौधरी, सहसचिवमा हर्कराज धमला, अमरबहादुर विष्ट विजयी भएका छन् । यसैगरी, सो निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा २३ जना विजयी भएका छन् । खुलाबाट मोहनसिंह राठौर, कमलबहादुर शाह, भक्तबहादुर थापा, अरुणकुमार चौधरी, विजयबहादुर स्वाँर, जनकबहादुर बम, भक्तबहादुर शाही, बलबहादुर विष्ट, हिमबहादुर रावल र प्रेमबहादुर विष्ट महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । 

महिलातर्फबाट टीकाकुमारी चौधरी, शिवा थापा, सुमनकुमारी सन्ज्याल र दीपा बडायक विजयी भएका छन् । यस्तै, खसआर्यबाट सूर्यबहादुर बटाला, हिक्मतबहादुर बम, रीताकुमारी मुडभरी र विशुदेवी बडुवाल विजयी भएका छन् । दलिततर्फबाट रंगे सुनार, थारु खुलाबाट प्रदीपकुमार चौधरी, वीरबहादुर डङ्गौरा, थारु महिलाबाट आशाकुमारी चौधरी, मधेसी÷अपाङ÷मुस्लिमबाट कर्णबहादुर चौधरी महाधिवेशन प्रतिनिधिमा विजयी भएको जनाइएको छ । 

क्षेत्र नम्बर ३ मा ३०८ मत प्राप्त गरी रीता चौधरी क्षेत्रीय सभापतिमा विजयी भएकी छन् । उनले गोपेन्द्र भण्डारीलाई पराजित गरेकी हुन । पराजित भण्डारी १५६ मतमात्रै पाए । क्षेत्र नम्बर ४ मा मंगलबार नै मत परिणाम घोषणा गरिएको थियो । सो क्षेत्रमा बसन्त रोकाया विजयी भएका छन् । उनले वर्तमान सभापति दिनेशराज जोशीलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन । विजयी रोकायाले २७९ मत प्राप्त गरे । पराजित जोशीले २३१ मत पाए । यस्तै, सचिवमा जयराज फुलारा, विष्णुप्रसाद भट्ट, सह–सचिवमा करुणाकरण भट्ट, रामदुलार चौधरी विजयी भए । 

यस्तै, निर्वाचन क्षेत्र नम्बर ५ मा क्षेत्रीय सभापतिमा भीम पडाल विजयी भए । उनले २१८ मत प्राप्त गरे । उनको निकटतम् प्रतिद्वन्द्वी सन्तोष मुडभरीले १३३ मत प्राप्त गरे । क्षेत्र नम्बर ५ मा क्षेत्रीय सभापतिका लागि देउवा पक्षकै पाँच जनाले उम्मेदवारी दिएका थिए । क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड सर्वाधिक मत (३७७) सहित विजयी भए । उनी जिल्ला सभापतिका दाबेदार पनि हुन । 

बहालवाला जिल्ला सभापति नर नारायण शाह मनु मत (३६२), क्षितिज भण्डारी (३४५), प्रकाश देउवा (३०३) डिल्लीराज पन्त (२३५), गणेश देउवा (२२६), कृष्ण बहादुर महरा (२१०), नारायणदत्त भट्ट (२०६), उद्धव बहादुर बिष्ट (१९४) र हरिश खड्का (१८७) मत प्राप्त गरी विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा प्रत्यक्ष महिलातर्फ निपा चोखाल (२८७) डम्बरी महरा (रक्षा) (२४३), पुष्पा भट्ट (२१५) र रीता बम भण्डारी (२२०) मत ल्याएर विजयी भएका छन् । समावेशी, अपांग÷मधेशी तर्फ धर्मराज ओझा २२४ मतले विजयी भए । नेपाली काङ्ग्रेसको जिल्ला सभापतिका आकांक्षी छ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । प्रकाश बम, नृप वड, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी र गणेश देउवा जिल्ला सभापतिका लागि दाबेदार छन् ।