
कैलाली काँग्रेसको जिल्ला अधिवेशन अन्यौलमा परेको छ । पुर्व निर्धारित कार्य तालिका अनुसार मंसीर ९ गते उम्मेदवारी दर्ता र मंसीर १० गते जिल्ला अधिवेशन हुने भनिएको भएपनि अहिलेसम्म अन्यौलता छाएको छ ।

कैलाली क्षेत्र नम्बर ४ को विवादका कारण जिल्ला अधिवेशन कहिले गर्ने भन्ने कुरा टुंगोमा पुग्न नसकेको प्रचार प्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए । उनका अनुसार जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी पनि भएको छ ।
आज बसेको जिल्ला कार्य समितिको कार्य सम्पादन समितिको बैठक बसेको छ । सो बैठकले केन्द्रको निर्वाचन समितिसँग सल्लाह र राय परामर्श मागिरहेको छ । यस विषयमा थप जानकारी दिनका लागि आज १२ बजे धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरिएको र सोही पत्रकार सम्मेलनमा अन्तिम निर्णय बारे जानकारी दिईने प्रचार प्रसार समिति संयोजक सुनारले बताए ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/11, 1:38
2021/09/13, 11:42
2022/07/24, 5:52