
नेपाली काङग्रेस दार्चुलाको सातौँ अधिबेशनबाट सभापतिका उम्मेद्धवार ललित सिह बोहरा विजयी भएका छन् । अर्का उम्मेद्धवार अमरसिह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

कुल खसेको ९ सय ५६ मत मध्ये बोहराले ६ सय २० मत प्राप्त गरेका छन् भने धामीले ३ सय ९ मत प्राप्त गरेका हुन् । यो संगै बोहरा पुनः काङग्रेस दार्चुलाको सभापतिमा दोहरिएका छन् ।
विहिबार भएको निर्वाचनमा कूल १ हजार ४३ मतमध्ये ९ सय ५६ मत खसेको निर्वाचन अधिकृत देवराज अवस्थीले बताए । दार्चुला जिल्लाको क्षेत्र नम्बर क का ५ सय ८७ मध्ये ५ सय ३८ मत र क्षेत्र नम्बर ख का ४ सय ५६ मतदाता मध्ये ४ सय १८ मत खसेको अवस्थीले बताए ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/11, 1:38
2021/09/13, 11:42
2022/07/24, 5:52