
सुदूरपश्चिम प्रदेशसभा सांसद नन्दाकुमारी बम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् ।

महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट महिला प्रत्यक्षतर्फ चार सिटका लागि पाँच जनाको प्रतिस्पर्धा भएकोमा बमले ४ सय ९० मत मात्र ल्याएर पराजित भएकी हुन् ।
महाधिवेशन प्रतिनिधिमा शैल्यशिखर नगरपालिकाका उपमेयर राजमती पाल र शान्तिदेवी बमले समान ६८७/६८७ मत ल्याएर विजयी भएका छन् । दुहुँ गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले ६ सय ६९ र यसोधा तिंकरीले ५ सय ६७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाले मनोनयन दर्ता गराएका थिए । महाधिवेशन प्रतिनिधिमा २५ जना चयन भएका छन् ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/11, 1:38
2021/09/13, 11:42
2022/07/24, 5:52