यस वर्षको पूर्ण-कृष्ण स्मृति राष्ट्रिय साहित्य पुरस्कार जोशीलाई
2021/11/27, 9:43
 
dd

यस वर्षको पूर्ण-कृष्ण स्मृति राष्ट्रिय साहित्य पुरस्कार धनगढीका वरिष्ठ कवि मनिराज जोशीलाई प्रदान गरिने भएको छ।

कैलाली जनपुस्तकालय धनगढीको आज बसेको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा सो पुरस्कार कवि जोशीलाई प्रदान गर्ने निर्णय गरेको कैलाली जनपुस्तकालय धनगढीका अध्यक्ष डा.टीएन जोशीले बताए।

यस अघि प्रतिभा छनौट समितिको बसेको बैठकले पुरस्कारका लागि सिफारिस गरेको थियो। वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरले आफ्ना स्व.पिता-माताको स्मृतिमा सो पुरस्कारको लागि पुस्तकालयमा अक्षयकोषको स्थापना गरेकी थिईन् 

गत वर्ष सो पुरस्कार साहित्यकार भागिरथी श्रेष्ठ (काठमाडौ) लाई प्रदान गरिएको थियो। पुरस्कारको रकम नगद २५ हजारसहित अभिनन्दन पत्र रहेको छ। कैलाली जनपुस्तकालयको वार्षिकोत्सवको अवसरमा सो पुरस्कार पुरस्कृत स्रष्टालाई प्रदान गरिने अध्यक्ष डा.जोशीले बताए।