कांग्रेसको डडेल्धुरा जिल्ला अधिवेशनलाई निर्वाचन समितिले दियो मान्यता
2021/11/29, 11:17
 
ss

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लाको अधिवेशनलाई मान्यता दिएको छ ।

अधिवेशन खारेजीको माग गर्दै पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेता कार्यकर्ताहरु सानेपामा अनसनमा बसिरहेका बेला निर्वाचन समितिले बहुमतले उक्त अधिवेशनलाई मान्यता दिएको हो ।

समितिको सोमबार बसेको बैठकले अधिवेशन प्रक्रियागत रुपमा भएको निष्कर्ष निकालेको हो ।संयोजक गोपालकृष्ण घिमिरे, सदस्यहरु एकराज पोखरेल र तेज रावलले डडेल्धुरा अधिवेशनलाई सदर गरेका छन् भने सदस्य सीताराम केसीले भने फरक मत राखेका छन्।

उनले बहुमत जिल्ला कार्यसमितिले बहिस्कार गरेको अधिवेशनलाई वैधता दिन नसकिने दावी गरेका छन् ।डडेल्धुराम वडा, पालिका, प्रदेश सभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । क्रियाशील सदस्यता विवादलाई लिएर तत्कालीन जिल्ला सभापति मल्ल पक्षले अधिवेशन बहिस्कार गरेको थियो ।