सुदूरपश्चिमबाट २९ जना एमाले केन्द्रीय कमिटीमा (नाम सहित)
2021/12/01, 3:13
 
aa

नेकपा (एमाले)को केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २९ जना परेका छन्। एकजना पदाधिकारी, २५ जना केन्द्रीय सदस्य र तीन जना विभिन्न आयोगमा चयन भएका हुन्। एमालेको सचिवमा कैलालीका लेखराज भट्ट विजयी भएका छन्।

यस्तै केन्द्रीय सदस्यमा भीम रावलसहित २५ जना विजयी भएका छन्। रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका हुन्। एमालेमा केन्द्रीय पदाधिकारीका उम्मेदवार केन्द्रीय सदस्यको पनि उम्मेदवार हुने व्यवस्था छ। सोही अनुसार रावल ९०४ मत पाएर विजयी भएका हुन्। तर उनले केन्द्रीय सदस्यको सपथ ग्रहण भने गरेनन्। 

यस्तै कर्णबहादुर थापा, नारदमुनि राना, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, राजेन्द्रसिंह रावल, निरुदेवी पाल, भैरवबहादुर सिंह, झपट रावल, गौरी वली, प्रकाशबहादुर शाह र दयालबहादुर शाही पनि केन्द्रीय सदस्यमा चयन भएका छन्। 

यस्तै पुरनसिंह दयाल, झपट बोहरा, लीला भण्डारी, पठानसिंह बोहरा, लीलाधर भट्ट, इन्दु कडरिया, नरबहादुर धामी, कृपाराम राना, गौरीशंकर चौधरी, अफिलाल ओखेडा, कमला वली, कमला बोहरा र सन्तोष शर्मा पनि केन्द्रीय सदस्यमा परेका छन्। यस्तै अनुशासन आयोगमा हर्कबहादुर कुँवर र लक्ष्मी शाह तथा लेखा आयोगमा बसुन्धरा रोकाया पनि चयन भएका छन्। 

केन्द्रीय सचिव

लेखराज भट्ट

केन्द्रीय सदस्यहरु

भीम रावल

कर्णबहादुर थापा 

नारदमुनि राना

गणेशसिंह ठगुन्ना

लालबहादुर थापा

राजेन्द्रसिंह रावल

निरुदेवी पाल

भैरवबहादुर सिंह

झपट रावल

गौरी वली

प्रकाशबहादुर शाह 

दयालबहादुर शाही 

पुरनसिंह दयाल

झपट बोहरा

लीला भण्डारी

पठानसिंह बोहरा

लीलाधर भट्ट

इन्दु कडरिया

नरबहादुर धामी

कृपाराम राना

गौरीशंकर चौधरी

अफिलाल ओखेडा

कमला वली

कमला बोहरा 

सन्तोष शर्मा 
 

अनुशासन आयोग

हर्कबहादुर कुँवर 

लक्ष्मी शाह 

लेखा आयोग

बसुन्धरा रोकाया