कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनः देउवा समूह तितरवितर
2021/12/03, 12:22
 
dd

नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेशको प्रदेश सभापतिका आकांक्षीहरु बढ्दै गैरहेका छन ।  प्रदेश सभापतिमा नेपाली काँग्रेसबाट पूर्वसंघीय मन्त्री, राज्यमन्त्री, सुदूरपश्चिम प्रदेश सभा सदस्य, जिल्ला सभापतिहरुलगायत विद्यार्थी नेताहरुले आ-आफ्नो दाबी यस अघिनै गरिसकेका छन्।

कैलाली जिल्ला सभापति नरनारायण शाह, पुर्व मन्त्री बिरबहादुर बलायर, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्प शाही, पूर्व परराष्ट्र राज्यमन्त्री तथा बझाङका कांग्रेस नेता अर्जुनजंगबहादुर सिंह, पूर्व सञ्चार राज्यमन्त्री तथा अछामका कांग्रेस नेता गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा र कैलालीका हिमबहादुर रावलले प्रदेश सभापतिमा दाबेदारी पेश गरेका छन्। दाबेदारी पेश गर्ने सबै देउवा समूहका हुन् । 

त्यस्तै रामचन्द्र पौडेल समूहले पनि सभापतिमा कांग्रेस कैलालीका पुराना नेता नारायण दत्त मिश्रलाई अघि सारेको छ ।जिल्ला विकास समिति कैलालीका सभापति रहीसकेका मिश्र पौडेल–कोईराला समूहका साझा उम्मेदवारका रुपमा प्रदेश सभापतिका रुपमा प्रतिस्पर्धा गर्नेछन् ।  सुदूरपश्चिममा प्रदेश सभापति सहित अछामका बलबहादुर कुँवर, अम्बिका चलाउने र कैलालीका उत्तम कठायतले प्रदेश महामन्त्रीमा दाबी गरेका छन्। सुदूरपश्चिमका नौ जिल्ला मध्ये ७ जिल्लामा नेतृत्व चयन भइसकेको छ भने कैलाली र अछाममा जिल्ला अधिवेशन हुन सकेको छैन। 

आजको तालिका

 - उम्मेदवारको मनोनयन पत्र दर्ता-  २०७८मसिर, १७ गते दिउँसो २ बजे देखि ४ बजेसम्म ।
- मनोनयन पत्र माथि पर्ने दाबी, विरोध दर्ता गर्ने जाँचबुझ गर्ने -  २०७८मसिर, १७  गते दिउँसो ४.३०  बजे देखि साँझ ५ बजेसम्म ।
- सो उपर निर्णयस् २०७८ मंसिर १७ गते साँझ ५.३०  बजेसम्म ।
-उम्मेदवारको नेपाली वर्णानुक्रम ( देवानगरी, लिपि) पहिलो नाम प्रकाशित गर्ने २०७८मंसिर, १७  गते  ५.३० बजेसम्म ।
- मनोनयन फिर्ता लिनेस्  २०७८मसिर, १७  गते ५.३० देखि ६.३० बजेसम्म ।
-अन्तिम नामवली प्रकाशनस् २०७८मसिर, १७  गते  साँझ ७.३० बजेसम्म ।
- मतदान-  २०७८मसिर, १८  गते बिहान ८ बजे देखि  ।

प्रदेश कार्य समितिको सरचना र पद 
- सभापती- १ 
-उपसभापति -२ 
- महामन्त्री -२
-सहमहामन्त्री - ३ (एक महिलासहित) 
-प्रदेश सदस्य - ५१ जना ।