सुदूरपश्चिममा देउवा प्यानल जित नजिक, सभापतिमा तीन सय मत गणना बाँकी रहँदा २७८ मतको अग्रता
2021/12/05, 10:25
 
aa

नेपाली कांग्रेस सुदूरपश्चिममा प्रदेश सभापतिमा देउवा पक्ष अगाडि देखिएको छ। अधिवेशनअन्तर्गत शनिबार नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना जारी छ।  

प्रदेशमा कुल खसेको  मत १००३ मध्ये हालसम्म ७०७ मत गणना हुँदा सभापति शेरबहादुर देउवा पक्षले फराकिलो अग्रता बनाइसकेको छ। प्रदेशको सभापतिमा वीरबहादुर बलायरले ४८१ मत ल्याउँदा प्रतिस्पर्धी नारायणदत्त मिश्रले २०३ मत्र मात्र ल्यएका छन्।  

त्यसैगरी, उपसभापति जनकराज चौधरीले ४२८, लोकराज अवस्थीले ३७४, गोपाल सिंह गुरुङले १९८, मानबहादुर रावलले १८८ तथा हिमबहादुर रावलले ८५ मत ल्याएका छन्। महामन्त्री पदमा मेघराज खड्काले ४५३ मत ल्याउँदा नरनारायण शाह मनुले (४४७ मत ल्याएका छन्। रामबहादुर शाहीको २२८ तथा प्रताप गुर्धामीको १५२ मत रहेको छ।

सहमहामन्त्रीतर्फ भने  गोपालदत्त भट्टले ३७३, चिन्तामणि भट्टले ३७५, पदमराज पन्तले १७७, नरेन्द्रप्रसाद भट्टले १५७, लक्ष्मणबहादुर शाहीले ११२ तथा हर्कबहादुर स्वाँरले ५५ मत मात्र ल्याएका छन्।  त्यसैगरी, सहमहामन्त्री (महिला) तर्फ अम्बिकाकुमारी चलाउनेले ४८३ मत ल्याउँदा खिना भण्डारीले १५९ मतमात्र ल्याएकी छन्।