नेपाली काँग्रेस सुदूरपश्चिमको सभापतिमा देउवा पक्षका वीरबहादुर बलायरको जित निश्चित भएको छ। सुरुवातदेखि नै दोब्बर मतले अग्रता लिएका बलायरले ८ सय ६ मत गणना गर्दा ५५३ मत प्राप्त गरिसकेका छन् भने इतर पक्षका मिश्रको २२९ मत रहेको छ।
गन्न बाकी १९७ मत मात्रै रहेकोले बलायरको जित सुनिश्चित भएको हो । त्यस्तै अहिलेसम्म अन्य पदमा समेत देउवा प्यानलनै अगाडि रहेको छ ।
उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह-महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।
जम्मा खसेको मत : १००३
मतगणना : ८०६
सभापति
वीरबहादुर बलायर -५५३
नारायणदत्त मिश्र -२२९
उपसभापति
गोपालसिंह गुरुङ -२२९
जनकराज चौधरी -४८६
मानबहादुर रावल -२१८
लोकराज अवस्थी -४२७ हिमबहादुर रावल-९२
महामन्त्री नरनारायण शाह मनु -५११
प्रताप गुर्धामी-१७८ मेघराज खड्का -५१९
रामबहादुर शाही -२५६
सहमहामन्त्री
गोपाल दत्त भट्ट-४२९
चिन्तामणि भट्ट -४२९
नरेन्द्र प्रसाद भट्ट-१७९
पदम राज पन्त -२०६
लक्ष्मण बहादुर शाही – १२३
हर्क बहादुर स्वार-५८
सहमहामन्त्री (महिला)
अम्बिका कुमारी चलाउने-५५४
खिना भण्डारी -१८०