सुदूरपश्चिम काँग्रेसको सभापतिमा बलायर विजयी, कसको कति मत ?
2021/12/05, 11:08
 
dd

काँग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन्। ९७ मतगणना गर्न बाँकी भए पनि बलायर फराकिलो मतान्तरले विजयी भएका हुन्।

९ सय ६ मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर ३७९ पुगेको छ।  बलायरले ६३९ मत र इतर पक्षका मिश्रले २५० मत पाएका छन्। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको पनि जित सुनिश्चित भएको छ।

खसेको मत १००३
मतगणना ९०६

सभापति 
वीरबहादुर बलायर -६२९
नारायण दत्त मिश्र -२५०
उपसभापति 
गोपाल सिंह गुरुङ -२५२
जनकराज चौधरी -५५६
मानबहादुर रावल -२३७
लोकराज अवस्थी -४७५
हिमबहादुर रावल-१०८
महामन्त्री 
नरनारायण शाह मनु -५८६
प्रताप गुर्धामी-१९५
मेघराज खड्का -५८३
रामबहादुर शाही -२७५
सहमहामन्त्री 
गोपाल दत्त भट्ट-४८२
चिन्तामणि भट्ट -४८४
नरेन्द्र प्रसाद भट्ट-१९४
पदमराज पन्त -२२८
लक्ष्मणबहादुर शाही - १४०
हर्कबहादुर स्वार-६६
सहमहामन्त्री (महिला)
अम्बिकाकुमारी चलाउने-६२४
खिना भण्डारी -२००