बैतडीका नौ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व
2021/12/08, 11:45
 
ss

नेकपा माओवादी केन्द्रले बैतडीका नौ स्थानीय तहमा पालिका कमिटी गठन गरेको छ । बुधबार जिल्लाको मेलौली नगरपालिकामा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भीमबहादुर चन्दको अध्यक्षतामा ६५ सदस्यीय नगरकमिटी गठन गरेको छ । नगर कमिटीको वरिष्ठ उपाध्यक्षमा लोकमणि भट्ट, उपाध्यक्षमा तारा विष्ट र सुरेश परियार रहेका छन्।

यस्तै कमिटीको सचिवमा धरमसिंह दयाल, सहसचिवमा भवानीदत्त भट्ट, कोषाध्यक्षमा मनीषा दयाललगायत अन्य सदस्य रहेका छन् । माओवादी केन्द्रले यसअघि जिल्लाका ८४ वटै वडा र ७ स्थानीय तहमा कमिटी गठन गरेको छ ।

जिल्ला सदरमुकामको स्थानीय तह दशरथचन्द नगरपालिकामा गोपाल बोहराको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । पाटन नगरपालिकामा तर्क ठगुन्नाको अध्यक्षतामा नगर कमिटी गठन गरिएको छ । यसैगरी पुर्चौडी नगरपालिकामा आनन्द सिंह धामी र मेलौली नगरपालिकामा भीमबहादुर चन्दको अध्यक्षतामा ६५, ६५ सदस्यीय नगरकमिटी गठन गरिएको छ ।

यसैगरी जिल्लाको डिलाशैनी गाउँपालिकामा जगदीश नाथ, सूर्नया गाउँपालिकामा राम बहादुर विष्ट, सिगास गाउँपालिकामा प्रकाश बहादुर साउद, शिवनाथ गाउँपालिकामा गोरख साउँद र दोगडाकेदार गाउँपालिकामा तारसिंह कुवरको अध्यक्षतामा पालिका कमिटी गठन गरिएका छन् । अधिवेशन गर्न बाँकी रहेको पञ्चेश्वर गाउँपालिकामा भने बिहीबार हुने पार्टीका जिल्ला समन्वयन समिति संयोजक प्रेम प्रकाश भट्ट ९आदित्य०ले जानकारी दिए ।