दलित समावेसीतर्फ सदस्यमा नगर प्रमुख वडकाे उम्मेदवारी घाेषणा
2021/12/09, 6:42
 
dd

धनगढी उपमहानगरपालिकाका नृपबहादुर वडले केन्द्रिय सदस्य (दलित समावेसीतर्फ)) सदस्य पदमा उम्मेदवारी घाेषणा गरेका छन् ।आज रिपाेर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनले साे पदमा उम्मेदवारी घाेषणा गरेका हुन ।

नगर प्रमुख वड धनगढी नेपाली काँग्रेस नगर समितिका सभापति समेत भइसकेका छन । विद्यार्थी राजनीतिबाट शुरु गरेका उनले लामो समय पार्टीका विभिन्न गतिविधी प्रभावकारी रुपमा अघि बढाएका छन । उनले पार्टी सुदृढीकरण, शसक्त र प्रभावकारी बनाउन आफनो उम्मेदवारी घोषणा गरेका हुन ।

‘धनगढी उपमहानगरपालिकाको नगर प्रमुख हु“दै गर्दा अप्ठ्यारो परिस्थितिमा प्रदेश पनि हाम्रो पक्षमा नरहेको, संघिय सरकार पनि हाम्रो पक्षमा नरहेको अवस्थामा उत्कृष्ट उपमहानगरपालिका घोषणा गराउन सफल भएका थियौ’ रिपोर्टश क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘दुई कार्यकाल नगर सभापति हु“दै गर्दा स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष सहित नगरमा जनप्रतिनिधीहरु नेपाली का“ग्रेसकै बहुमत निर्वाचित गराउन सफल भएको थिए ।’

उनले दुई वर्षसम्म कोभिड महामारी चल्दै गर्दा ७७ वटै जिल्लाका नागरिकलाई नाकामा व्यवस्थापन गरि गन्तव्यसम्म पुगाउने वातावरण सृजना गरेका बताए । उनले भने –‘कोभिड महामारी व्यवस्थापन गरेका कारण संघिय, प्रदेश र संघ संस्थाले छनौट गर्दै गर्दा धनगढी उपमहानगरपालिका तीन पटक सम्मानित भएको छ ।’

उनले सम्पूर्ण र सम्मान किसिमको रुपमा, आफुभन्दा अग्रजहरुको सम्मान गर्दै उहा“हरुकै सुझावका आधारमा अघि बढने बताए । ‘हरेक जात र जातीको अधिकारका पक्षमा आवाज उठाउने छु, उहाहरुका मागहरु, विकासका पक्ष, हरेक समस्याका पक्षमा आवाज उठाउने छु’ उनले भने ।

उनले कहिकतैबाट भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘राजनीति भनेको पैसा कमाउनका लागि होईन सम्मान र समाजलाई अघि बढाउनका लागि हरेक तह र तप्कासम्म अगाडि बढ्ने तथा यो समाज र विकासका लागि अघि बढाउन मेरो उम्मेदवारी हो ।’

उनले शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन लड्ने तयारीमा रहेको बताए । उनले भने–‘मैले सुदूरपश्चिमका हरेका जिल्लाका समस्या तथा समस्या बुझेको छु । मैले देशका हरेक प्रदेशका दलित तथा अन्य वर्गहरुको समस्या पनि बुझेको छु ।’