माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनः अध्यक्षका लागि ६ जना आकाक्षी
2021/12/11, 1:56
 
ss

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन आजदेखि धनगढीमा सुरु भएको छ । सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्धघाटन गरेका छन् । 

सम्मेलनबाट ९ पदाधिकारीसहित २ सय २३ जनाको प्रदेश कमिटी चयन हुनेछ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौँ जना पदाधिकारीसहित २ सय २३ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।

सुदूरपश्चिममा हाल माओवादी केन्द्रका १३ जना केन्द्रीय सदस्य छन् । १७५ जनाको प्रदेश आयोजक समिति छ भने हाल १ हजार १४७ जना प्रतिनिधिहरू पालिका अधिवेशनबाट छनोट भई आएका छन् ।

माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने बताए। ‘सहमति जुट्न नसके लोकतान्त्रिक विधिमा पनि जाने तयारी छ,’ भट्टले भने। अछामका शरदसिंह भण्डारी, बैतडीका नरेन्द्र कुँवर, प्रदेशसभा सदस्य समेत रहेका कैलालीका वीरमान चौधरी, प्रदेश समिति सचिव रहेका नेपबहादुर चौधरी, हालका प्रदेश समिति सदस्य तथा राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ (कैलाली) र हरि ज्ञवाली ‘अखण्ड’ (कैलाली) अध्यक्षको दौडमा छन्।

तर अध्यक्षका लागि ६ जना प्रत्यासि भएपनि प्यानल भने कसैले नबनाएको एक नेताले बताए। उनका अनुसार अध्यक्षका लागि बलियो बक्कड भने कसैको छैन। २ सय २३ जनामध्ये १० प्रतिशत भने मनोनित हुनेछन्।सहसचिव र कोषाध्यक्ष गरी नौँ जना पदाधिकारीसहित २ सय २३ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ। २ सय २३ जनामध्ये १० प्रतिशत भने मनोनित हुनेछन्।