धनगढीका नगर प्रमुख वडद्वारा देउवा प्यानलबाट केन्द्रीय सदस्य (दलित समावेशी) मा मनोनय दर्ता
2021/12/11, 5:11
 
dd

धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले केन्द्रीय सदस्य (दलित समावेशी)मा मनोनयन दर्ता गरेका छन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा देशकै उत्कृष्ट उपाधि पाएका नगर प्रमुख वडले राष्ट्रिय सभा गृहमा पुगेर केन्द्रीय सदस्य (दलित समावेशी) मा मनोनयन दर्ता गराएका हुन् । उनको मनोनय पत्रमा नेपाली काँग्रेसका नेता हरीश खड्काले समर्थन जनाएका छन् भने उद्धवबहादुर बिष्टले प्रस्ताव गरेका छन् । 

को हुन नृपबहादुर वड ?

बिद्यार्थी जीवनकालदेखि राजनीतिमा संक्रिय नगर प्रमुख वड निवर्तमान नगर सभापति हुन् । लामो समयदेखि राजनीतिमा सक्रिय वड बिभिन्न पदमा रहेर पार्टीको गतिविधि अगाडि बढाएको दाबी छ । उनले पार्टी सुदृढीकरण, सशक्त र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी घोषणा गरेको बताए ।

‘उप–महानगरपालिकाको नगर प्रमुख हुँदै गर्दा अप्ठ्यारो परिस्थिति थियो । प्रदेश र संघ सरकार हाम्रो पक्षमा थिएन’ रिपोट्स क्लवमा भएको पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख वडले भने, ‘त्यो विषम परिस्थितिमा उप–महानगरपालिकालाई देशकै उत्कृष्ट उप–महानगरपालिका घोषणा गराउन सफल भयौं । उनले दुई कार्यकाल नगर सभापति हुँदा स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत जनप्रतिनिधिहरु नेपाली काँग्रेसकै बहुमत निर्वाचित गराउन सफल भएको बताए ।

उनले कोभिड–१९ महामारीमा देशका सबै जिल्लाका नागरिकलाई नाकामा व्यवस्थापन गरेर गन्तव्यसम्म पुगाउन सफल भएको बताए । कोभिड–१९ महामारी सफलता पूर्वक व्यवस्थापन गरेका कारण संघीय, प्रदेश सरकारले छनौट गर्दै गर्दा धनगढी उप–महानगरपालिका तीन पटक सम्मानित भएको बताए ।

‘हरेक जातजातीको अधिकारका पक्षमा आवाज उठाउँदै सबैको माग, विकासका पक्ष र हरेक समस्याका पक्षमा आवाज उठाउछु’ नगर प्रमुख वडले भने, ‘सबैलाई सम्मान गर्दै सबैको सल्लाह सुझाब र अग्रजहरुको निर्देशन अनुसार काम गर्नेछु । ‘म कहिकतैबाट भ्रष्ट्राचार हुन दिदैन’ वडले भने, ‘राजनीति भनेको पैसा कमाउनका लागि होइन्, सम्मान र समाजलाई अगाडि बढाउनका लागि हरेक तह र तप्कासम्म अगाडि बढ्ने तथा समाजलाई अगाडि बढाउनका लागि हरेक तह तप्कासम्म अगाडि बढाउनका लागि मेरो उम्मेदवारी हो ।’

‘मैले सुदूरपश्चिमका हरेक जिल्लाका समस्या बुझेको छु । मैले देशका हरेक प्रदेशका दलित तथा अन्य वर्गहरुको समस्या पनि बुझेको छु’ उनले भने, ‘म वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन उममेदवारी दिएको बताए।’