शेखर बाहेक देउवालाई सबैको समर्थन
2021/12/14, 3:22
 
ss

काँग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा गएपछि वर्तमान सभापति शेरबहादुर देउवाले प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थन लिएका छन्। पहिलो चरणमा देउवासँगै प्रतिस्पर्धामा उत्रिएका उनीहरुले दोस्रो चरणमा देउवालाई सघाउने बताएका हुन्। 

अब कांग्रेस सभापतिका लागि देउवा र अर्का प्रत्यासी शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ। पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालाले सबैभन्दा धेरै भोट पाएका थिए।

४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो। खसेको मतमध्ये देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए। देउवा र कोइरालाबीचको मतान्तर ५५६ रहेको छ।

कांग्रेसले यो महाधिवेधशनमा सभापति सहित १३४ पदमा निर्वाचन गरेको छ। सभापति बाहेकका पदका लागि मतदान भइसकेको छ। सभापतिको परिणाम आइसकेपछि बाँकी पदको मतगणना गर्ने तयारी रहेको छ।