धनगढीका मेयरको नेतृत्वमा सुदूरपश्चिममा सप्तरंग–३ कार्यक्रम
2021/12/19, 9:14
 
ss

सुदूरपश्चिम प्रदेशमा सोमबार ‘सप्तरंग–३’ कार्यक्रम हुने भएको छ । ‘शान्तिपूर्ण र सुरक्षित समाज’ को परिकल्पना सहित सो कार्यक्रम हुन लागेको हो । धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडको नेतृत्वमा कार्यक्रम हुन लागेको हो । धनगढीमा हुने कार्यक्रमको प्रमुख अतिथि मेयर ओड नै रहेका छन् । 

कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार गृष्मा ब्रोडकास्टिङले आयोजना कार्यक्रममा चर्चित कलाकार राजेश हमाल, गायक प्रमोद खरेल, बद्री पंगनी, अनिल सिंह, अस्मिता अधिकारी, मिलन नेवार, खेलाडी दिपक विष्ट, नेपाल आइडल रवि ओड लगायतको सहभागिता रहनेछ ।

‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाईलाई जनमानसमा कलामार्फत प्रतिबिम्ब गराउनु सप्तरंगको मूल लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ ।

मंसिर २४ गतेदेखि काँकडभिट्टाबाट सुरू भएको कार्यक्रम पुस ९ गते पोखरामा समापन गरिनेछ । मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।