कैलालीको लम्की क्षेत्रमा सुरक्षा फौज बढाउन गृहमन्त्रीको निर्देशन
2021/12/29, 11:11
 
dd

गृहमन्त्री बालकृष्ण खाणले कैलालीको लम्की क्षेत्रमा सुरक्षा फौज बढाउन निर्देशन दिएका छन्। 

कैलालीको लम्कीमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा र कैलालीकै जानकी गाउँपालिका वडा नं ९ अमरावतीमा प्रहरी नायव निरीक्षकको नेतृत्वमा सुरक्षा फौज वढाउन प्रहरी प्रधान कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई निर्देशन दिएका हुन्।

त्यस्तै गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयलाई अमरावती प्रहरी कार्यालयमा सवारी साधनको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्। गृहमन्त्री खाणले नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताए।