सुदूरपश्चिमबाट काँग्रेसको चुनाव जितेका १८ जना, कसको वरीयता कति ?
2021/12/31, 3:12
 
sarkar

नेपाली काँग्रेसले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको वरीयता टुंगो लगाएको छ। गत मंसिर २४ देखि २८ गतेसम्म भएको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको वरीयता सार्वजनिक भएको हो। 

महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका १८ जना विजयी भएका थिए। डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि भएर सभापतिमा विजयी भएका शेरबहादुर देउवा वरीयताको पहिलो नम्बरमा छन्।

सहमहामन्त्रीमा विजयी बाजुराका बद्री पाण्डे वरीयताको १२औं स्थानमा छन्। यस्तै केन्द्रीय सदस्यमा विजयी दिलेन्द्रप्रसाद बडू १७, एनपी साउद २८, इश्वरी न्यौपाने ३७ र रमेश लेखक ४८ औं वरीयतामा छन्। 

केन्द्रीय सदस्यमै विजयी भएका रामजनम चौधरी ५६, यज्ञराज जोशी ६०, आरजु राणा देउवा ८०, नैनसिंह महर ८५, गोविन्दबहादुर शाह ८७, रणबहादुर रावल ८९ र अर्जुनजंगबहादुर सिंह ९०औं वरीयतामा छन्। 

यस्तै केन्द्रीय सदस्यमै विजयी प्रकाश स्नेही रसाइली १०२, सुशिला मिश्र भट्ट ११६, नृपबहादुर वड १२२, विद्या तिमिल्सीना १३३ र जिवन राना १३५औं वरीयतामा छन्। 

यस्तो छ सुदूरपश्चिमबाट विजयी पदाधिकारी र केन्द्रीय सदस्यको वरीयता
शेरबहादुर देउवा (१)
बद्री पाण्डे (१२)
दिलेन्द्रप्रशाद बडू (२७)
एनपी साउद (२८)
इश्वरी न्यौपाने (३७)
रमेश लेखक (४८)
रामजनम चौधरी (५६)
यज्ञराज जोशी (६०)
डा.आरजु राणा देउवा (८०)
नैनसिंह महर (८५)
गोविन्दबहादुर शाह (८७)
रणबहादुर रावल (८९)
अर्जुनजंगबहादुर सिंह (९०)
प्रकाश स्नेही रसाइली (१०२)
सुशिला मिश्र भट्ट (११६)
नृपबहादुर वड (१२२)
विद्या तिमिल्सीना (१३३)
जिवन राना (१३५)