जसपा धनगढी २ को अध्यक्षमा भण्डारी
2022/01/01, 8:32
 
pp

जनता समाज बादी पार्टी नेपालले धनगढी उपमहानगरपालीकामा आफ्ना कमीटी बिस्तारलाई तिब्रता दीएको छ । कमीटी बिस्तारका क्रममा धनगढी उपनगरपालिका २ मा कीसन भण्डारीको अध्यक्षतामा १७ सदस्यीय कमिटी बिस्तार गरेको हो ।

समितिको उपाध्यक्षमा देब साउद र मणि जोशि रहेका छन भने सचिब र कोषाध्यक्ष वडाको पहिलो बैठकबाट मनोनित गरीने जनाईएको छ । जसपा धनगढी नगर २ का जेष्ठ सदस्य बिनोद बिष्टको अध्यक्षतामा सम्पन्न भएको वडा भेलामा प्रमुख अथिति पार्टिका केन्द्रीय सदस्य मीनराज वडु, बिषिस्ट अथिति प्रदेश सदस्य बिनोद चन्द, नगर सचिवालय सयोजक हेमराज पन्त रहेका थिए ।

भेलालाई सम्वोदन गर्दै प्रमुख अथिति बडुले उपमहानगरपालिका भित्र रहेको चरम भ्रस्टाचार, आर्थिक बेथिति र सामाजिक सुरक्षा सुनिश्चता को आन्दोलनको नेत्रित्व जसपाले गर्ने भएकाले जसापमा यूवा नेत्रित्व आबश्यक रहेको वताए । सघियता, सुसासन, समृद्धि र समाजबादको नेत्रित्व यूवाहरुको काधमा आईपरेकोले गाउ टोल नगर जिल्ला सबैतिर जसपा पार्टि घर दैलोमा रहेको पार्टिका नगर सचिवालय सयोजक पन्तले बताए ।

कार्यक्रममा बिभिन्न पार्टि परीत्याग गरी जसपा पार्टि प्रबेस गरेका २ सय जनालाई प्रमुख अथिति बडु र नगर सचिवालय सयोजक पन्तले सयूक्त रुपमा टिका र खादा लगाएर स्वागत गरेका थिए ।