नेकपा एमाले बैतडीको अध्यक्षका लागि पाल र चन्द चुनावी मैदानमा
2022/01/09, 12:09
 
ss

नेकपा एमाले बैतडीको नेतृत्वका लागि सहमति नजुटेपछि आइतबार निर्वाचन हुने भएको छ। शनिबारदेखि भएको सहमतिको प्रयास विफल भएपछि चुनाव हुने भएको हो। 

जिल्ला नेतृत्वको लागि वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दबीच प्रतिस्पर्धा हुने भएको छ। पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली चुनावी प्रतिस्पर्धामा हुनेछन्।

यस्तै चन्द प्यानलबाट उपाध्यक्षमा भरत महरा, सचिवमा सन्तोष जोशी, सहसचिवमा जनकबहादुर चन्द, भगीरथ कुँवर मैदानमा उत्रिएका छन्।  निर्वाचनमा ५०९ जना प्रतिनिधिले मतदान गर्ने बताइएको छ।