टिप्परको ठक्करबाट बझाङका युवकको मृत्यु, एक जना घाइते
2022/01/09, 12:11
 
dd

टिप्परको ठक्करबाट काठमाडौँको कलंकीमा एक जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते छन्।

गएराति बा४ख ६८४३ नम्बरको टिप्परले बा१ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार बझाङको फलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

सोही दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोबिघाट बस्ने २६ वर्षीय निखिल बम गम्भीर घाइते भएकाछन् उनको  महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। टिप्परसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।