सुदूरपश्चिमका ८ जिल्लामा एमालेको नेतृत्व चयन, यी हुन् जिल्ला हाक्ने नेता
2022/01/12, 10:41
 
dd

सुदूरपश्चिम प्रदेशको बझाङ बाहेक बाँकी ८ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

गत शुक्रवारदेखि सुरु भएको अधिवेशन बुधवार जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशनबाट ८ जिल्लाले नयाँ नेतृत्व पाएको छ । 

बैतडी, डडेल्धुरा, डोटी र बाजुरामा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो भने कैलाली,कञ्चनपुर,अछाम र दार्चुलामा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हो ।

बैतडीमा  सुरेन्द्र पाल, डडेल्धुरामा प्रकाश साउँद, डोटीमा चक्र मल्ल र बाजुरामा कालीप्रसाद शाहीले जिल्ला नेतृत्वको जिम्मा पाएका छन् ।

यस्तै कैलालीमा रतन थापा, कञ्चनपुरमा सुरेन्द्र विष्ट, अछाममा चक्र बोहरा र दार्चुलामा प्रेम सिह धामी निर्वाचित भएका हुन् । बझाङमा भने मौसम खराबका कारण निर्वाचन हुन सकेको छैन ।