
कोरोना संक्रमणका कारण बुधबार बेलुका सेती अस्पतालमा मृत्यु भएका पुरुषको शव सेनाले व्यवस्थापन गरेको छ । मृतक पुरुषको शव मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

नेपाली सेनाले नै खटाएका ब्रहामणले हिन्दु संस्कार अनुसार मृत्यूपछिको कर्मकाण्ड पुरा गरी आफन्तसंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रोहवरमा शवको व्यवस्थापन गरिएको हो ।
मृतकको शव व्यवस्थापन गर्ने क्रममा सेनाका तोकिएका व्यक्ती बाहेक मृतकका आफन्तले टाढैबाट हेरेका थिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38