जन्मदिनमा कांग्रेस नेता जोशीद्वारा राजी बालबालिकालाई न्यायो कपडा वितरण
2022/01/15, 7:32
 
dd

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का निवर्तमान क्षेत्रीय सभापति दिनेशराज जोशीले आफ्नो जन्म दिनको अवसर पारेर अल्पसंख्यक राजी समुदायका बालबालिकालाई न्यायो कपडा वितरण गरेका छन् ।

गौरीगंगा नगरपालिका–३, कुचैनीस्थित शिवगंगा नमुना आधारभूत विद्यालयमा अध्ययनरत ३९ जना बालबालिकालाई नेता जोशीले न्यायो कपडास्वरुप ऊनीका स्वीटर र ट्रयाकसुट वितरण गरेका हुन् । माघे संक्रान्तिकै दिन जन्म दिन परेको र सोही अवसरम शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुरे नेपालीको रोहवरमा राजी समुदायका उपस्थित ३९ जना बालबालिकालाई स्वीटर तथा ट्रयाकसुट वितरण गरिएको थियो ।

माघ महिना सुदूरपश्चिममा पवित्र महिनाका रुपमा लिइने र त्यसमा पनि माघे संक्रान्तिकै दिन आफ्नो जन्म दिन परेकोले माघ महिनामा दान गरेमा पुण्य मिल्ने विश्वासका साथ आफूले पनि अल्पसंख्यक राजी समुदायका बालबालिकालाई न्यायो कपडा वितरण गरिएको नेता जोशीले बताए । उनले भने,‘हाम्रो धार्मिक मान्यताअनुरुप माघ महिनालाई धर्मात्मी महिना भनिन्छ र यो महिनामा दान गरेमा पुण्य मिल्ने विश्वासका साथ विपन्न परिवार त्यसमा पनि अल्पसंख्यक जातिका रुपमा रहेका राजी समुदायका बालबालिकालाई न्यायो कपडा वितरण गरेको हुँ ।’

केही दिनदेखि लगातार शीतलहरका साथै चिसो बढ्न गई विपन्न परिवारका बालबालिकालाई समस्या परेकाले उनीहरुलाई न्यायो बनाउन आफ्नोतर्फबाट सहयोग गरेको उनले बताए । ‘मेरो सानो सहयोगले न्यायो कपडा नभएका बालबालिकालाई यो जाडोमा न्यायो हुन्छ भने किन सहयोग नगर्ने भनेर ऊनीका कपडा तथा ट्रयाकसुट वितरण गरेको हुँ,’ उनले भने ।

अति विपन्न त्यसमा पनि अल्पसंख्यक राजी समुदायका बालबालिकालाई न्यायो कपडा वितरण गरेर उनीहरुलाई न्यायो पार्न सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुरे नेपालीले जोशीलाई धन्यबाद दिए । उनले भने,‘राजी समुदायका बालबालिकालाई न्यायो कपडा दिएर चिसो मौसममा राहत पुगेको छ ।’ उनले अति विपन्न तथा अल्पसंख्यक राजी समुदायका बालबालिकालाई वितरण गरिएको न्यायो कपडा कार्यक्रमलाई अन्य ठाउँमा पनि निरन्तरता दिन आग्रह गरे ।