
धनगढी उपमहानगरपालिको आफ्नै आईसोलेशन कक्ष सञ्चालनको लागि अन्तिम चरणमा पुगेको छ । धनगढी उप–महानगरपालिका १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रमा उप–महानगरपालिकाले आफ्नै आईसोलेशन कक्ष निर्माण गर्न थालेकोमा सो काम अन्तिम चरणमा पुगेको छ ।

शनिवारदेखि आईसोलेशन कक्ष सञ्चालनमा आउने नगर प्रमुख नृपवहादुर ओडले जानकारी दिए । अहिले तत्कालका लागि २८ वेडकोे आईसोलेशन कक्ष निर्माण गरिएको छ । त्यसपछि यसको क्षमता विस्तार गर्दै एक सय ५० वेडको विस्तार गरिने नगर प्रमुख ओडले बताए ।

‘एक दुई दिनमै आवश्यक सबै उपकरण जडान गरिसक्ने छौं ।’ नगर प्रमुख ओडले भने,–‘बेडहरु जडान गरिसक्ने गरी तयारीमा जुटेका छौं । अबको दुई दिनपछि सबै काम सम्पन्न भएर सञ्चालनमा आउँछ ।’
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01