भोलिदेखि धनगढीको एसटिएस सिनेमाहल खुल्ने
2022/02/12, 11:55
 
11

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको धनगढीको एसटिएस सिनेमा हल खुल्ने भएको छ।

मंगलबारदेखि देशभरी बन्द भएका सिनेमा हल खुल्ने भएपछि धनगढी र महेन्द्रनगरका हलहरु खुल्ने भएका हुन्। कोरोना महामारीका कारण सरकारले ३ माघबाट सिनेमा हल बन्द गरेको थियो।

हाल स्वास्थ मापदण्ड अपनाई सिनेमाहल खुला गर्न अनुमति पाएपछि खोपकार्ड हेरेर दर्शकलाई प्रवेश गराइने एसटिएस सिनेमा हल धनगढीका म्यानेजर योगेन्द्र नायकले बताए।

उनका अनुसार भोलि नेपाली चलचित्र चपली हाइट ३ र पर्सीबाट साउथ इन्डियन चलचित्र खेलाडी लाग्ने भएको छ।