ईतिहास बनायो ‘मन लागे न अब बिन टुहारले’
2022/02/12, 12:01
 
dd

भनिन्छ, गीत सङ्गीतको कुनै सिमाना हुँदैन । थारु भाषाको एउटा गीतले त्यसलाई प्रमाणितमात्रै गरेको छैन । करोड दर्शक र स्रोता कमाएर इतिहास बनाउन पनि सफल भएको छ । गीत र म्युजिक भिडियो हो–‘मन लागे न अब बिन टँहार ।’ 

पछिल्लो समय थारु गीत संगीतले निकै फड्को मारेको छ । त्यसैमध्येको यो गीत नेपालमामात्रै हैन, भारतमा पनि गुञ्जिन्छ । लाखौंं स्रोता÷दर्शक उतै पनि कमाएको छ । त्यसो त, अरु थारु गीत पनि भारतमा नगुञ्जिने गरेका होइनन् । तर, यो गीतले सबैतिर यसरी दर्शक र स्रोताको मन जित्यो कि, युट्युबमा राखेको एक वर्षमै एक करोडभन्दा बढी ‘भिवर’ कमाएको छ । 

एक करोड ‘भिवर’ पाउने थारु म्युजिक इण्डस्ट्रीको अहिलेसम्म पहिलो र यहि एक गीतमात्रै हो । करोड क्लबमा प्रवेश गरेर यो गीत र यसको म्युजिक भिडियोले इतिहास बनाउन सफल भएको छ । मन लागे न अब बिन टुँहार एक करोड क्लबमा प्रवेश गरेपछि थारु म्युजिक इण्डस्ट्री नै अहिले तातेको छ । सो गीतका गायक, गायिका, कलाकार, गीतकार, सङ्गीतकारलाई बधाईको ओइरो छ ।वास्तवमा उत्कृष्ट कार्यको कुनै पनि परिधि हुर्दैन । त्यसलाई मन लागे ना अब बिन टुँहारले पुष्टि गरेको थारु राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष विनय वैद्य बताउँछन् । ‘यसमा हामी गर्व गर्छौ’, उनले भने । 

नेपालमा थारु समुदायको जनसङ्ख्या १७ लाखभन्दा बढी छ । तर, यो समुदायको जनसङ्ख्याभन्दा कैयौं गुणा बढी भिवर पाउनुले यो गीतलाई अरु समुदायका व्यक्तिले पनि हेरेको प्रष्टै छ । उसो त, पूर्व–पश्चिमका थारु समुदायको भाषा पनि मिल्दैन । पूर्वका भाषा, पश्चिमले र पश्चिमका भाषा पूर्वका थारुले बुझ्दैनन् । तर, गीत भने जतासुकैको भए पनि सबैतिर मज्जाले सुन्ने गर्छन् । पछिल्लो समय गीत संगीतको माध्यमबाट पूर्व–पश्चिमका थारु समुदायबीचको घनिष्ठता अझै बढ्दै गएको देखिन्छ । 

मन लागे न अब बिन टुँहारले पनि त्यहि काम ग¥यो । पश्चिमको थारु भाषाको यो गीत र यसको म्युजिक भिडियोले पश्चिममा त धमाल मचायो नै, पूर्वतिरपनि कमालै ग¥यो । यो गीत बजारमा आउनुभन्दा पहिले आरके थारु गुमनाम थिए । लकडाउनले उनलाई गायक बनायो । मन लागे न अब बिन टुँहारमा उनले डेब्यु गरे । गीतले सर्वाधिक चर्चा पायो, अहिले सर्वत्र उनको फ्यान छन् । यो गीतले करोड श्रोता÷दर्शक कमाउनु ऐतिहासिक सफलता रहेको उनको प्रतिक्रिया छ । ‘हामी यो गीतको माध्यमबाट आफ्नो कला, संस्कृतिलाई गैर थारु समुदायमा पनि पु¥याउन सफल भएका छौं’, उनले थपे । ‘यसबाट म धेरै खुशी छु ।’ आफूले स्वर दिएको गीत करोड क्लबमा समावेश भएपछि गीत/सङ्गीतको लागि अझै धैरे चिज गर्न हौसला मिलेको उनी बताउँछन् । 

यो गीतको गायिका अन्नु चौधरी हुन । उनी, छोटो समयमै राष्ट्रिय स्तरमै ख्याती कमाउन सफल गायिका हुन । आफूले गाएको गीत करोड क्लबमा समावेश भएपछि उनले थारु म्युजिक इण्डस्ट्रीले आकाश चुमेको उल्लेख गरेकी छन् । मन लागे न अब बिन टुँहार जस्ता शब्दलाई थारु गीतसंगीत क्षेत्रकै उत्कृष्ट गीतकार सुवेश कठरियाले रचना गरेका थिए । भने, उनको शब्दमा संगीतकार गणेश चौधरीले संगीत भरेका छन् ।

गीतमा नरेश चौधरी र मन्सा रावलको अभिनय रहेको छ । मोडल नरेशले यो गीत र यसको म्युजिक भिडियोले थारु म्युजिक इण्डस्ट्रीमा ऐतिहासिक उपलब्धी हासिल गरेको प्रतिक्रिया दिएका छन् । ‘आजको अवस्थासम्म ल्याइ पु¥याउन र मलाई थारु मोडल भनेर चिनाउनमा मन लागे न अब बिन टुँहारको धेरै योगदान छ’, उनले भने । ‘म यो म्युजिक भिडियोको मोडेलको रुपमा एक हिस्सेदार भएकोले धेरै खुशी छु ।’ उनले सहयोग गर्ने सबैप्रति आभारपनि प्रकट गरेका छन् । यो गीतको म्युजिक भिडियोलाई सुरज कुसुम्याले निर्देशन गरेका थिए । 

मोडल नरेशको डेब्यु भने सोनपुरके सुन्दरीबाट भएको थियो । उनले मन लागे न अब बिन टुँहारसहित परदेशीया सजना, चोरीचोरी, सजन मोर आइ गिलै, दिलके पता जस्ता चर्चित गीतमा अभिनय गरेका छन् । 

पछिल्लो समय थारु भाषाको म्युजिक भिडियो संख्यात्मक रुपमा बढ्दो छ । जसमध्ये कतिपय गीत र म्युजिक भिडियो निकै स्तरीय बनिरहेका छन् । फलस्वरुप, थारु गाउँवस्तीबाट हिन्दी, भोजपुरी र नेपाली गीत विस्थापित भएको छ । पहिले विवाह, चाडपर्वमा हिन्दी गीतमात्रै गुञ्जिने थारु गाउँ बस्ती अचेल थारु भाषाकै गीतसंगीतले गुल्जार भइरहेका छन् ।