सुदुरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६३५ पुग्यो
2020/06/19, 2:35
 
korona

सुदुरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा थप १२ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शुक्रबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुवै प्रयोगशालामा गरेर शुक्रवार १८ जनामा कोरोना पुष्टि भएको छ । 

धनगढी स्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । कैलालीका सात, कञ्चनपुरका चार र डोटीका एक जनामा कोरोना पुष्टि भएको उनले बताए । उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका ४, बर्दगोरीयाका दुई र जानकीका एक, कञ्चनपुरको पुनरवासका चार र बडिकेदार डोटीका एक जनामा कोरोना पुष्टि भएको हो । उता डडेल्धुरामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शुक्रबार जिल्लका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । परशुराम नगरपालिकाका पाँच जना र गन्यापधुरा गाउँपालिकाका एक जना गरी ६ जनामा कोरोना संक्रमण देखिएको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ती हरिप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार शुक्रबार थपिएका सबै पुरुष हुन् । योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या १२८ पुगेको छ । 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय ३५ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक सय ५६ जना, कञ्चनपुरमा ९९, डडेल्धुरामा एक सय २८, डोटीका ४३, बैतडीमा ५२, अछामका ६७, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका ५ जनाको मृत्यु भईसकेको छ भने एक सय ११ जना निको भएर घर फर्किसकेका छन् ।