कैलाली ५ मा काग्रेंसका एक क्रियासिलले तीन सदस्य बनाउनुपर्ने !
2022/02/17, 3:40
 
dd

कैलाली क्षेत्र नम्बर ५ मा प्रत्येक काग्रेंसका एक जना क्रियासिल सदस्यले तीन जनालाई सदस्य बनाउने अभियान चलाईने भएको छ ।  नेपाली काग्रेंसको कैलाली क्षेत्र नम्बर ५ कोे क्षेत्रीय कार्य समितिले प्रत्येक क्रियासिलले तीन जनालाई सदस्यता दिने अभियान चलाउने निर्णय गरेको हो ।

2

विहीवार धनगढीमा बसेको क्षेत्रीय कार्य समितिको बैठकले अबको एक बर्षमा झण्डै १५ हजार नेपाली काग्रेंसको सदस्य बनाउने निर्णय गरेको क्षेत्रीय सभापति भीम पडालले जानकारी दिए ।

2

‘नेपाली काग्रेंसको लोकप्रियता बढ्दै गएको छ । अब हामी सबै लागेर सदस्यहरुको संख्या थप्नुपर्छ । यसका लागि एक जनाले तीन जनालाई सदस्यता दिने अभियान चलाउने निर्णय गरेका हौं ।’ क्षेत्रीय सभापति पडालले भने–‘यसले काग्रेंसको लोकप्रियता बढ्नेछ । सबै अटाउने काग्रेंस पार्टीको रुपमा पनि पहिचान बनाउन थप मदत्त मिल्नेछ ।’ 

3

धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका दुई वटा वडा रहेको कैलाली क्षेत्र नम्बर ५ मा झण्डै ५ हजार नेपाली काग्रेंसका क्रियासिल सदस्यहरु रहेका छन् । एक जनाले तीन जना सदस्य बनाएमा झण्डै १५ हजार नयाँ सदस्यहरु एक बर्षमा थपिनेछन् । 

क्षेत्रीय समितिको बैठकले एक महिनासम्म नेपाली काग्रेंसको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले निर्णय गरेको घर घर जाउँ, काग्रेंस जिताउ अभियानलाई पनि तिव्रताका साथ अगाडी बढाउने निर्णय गरेको छ । फागुन २० गतेदेखि चैत २० गतेसम्म एक महिनासम्म यो अभियान चलाईने निर्णय भएको हो ।

4

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ‘घर घर जाऊ, कांग्रेस जिताऊ’ भन्ने अभियानका साथ पार्टीको सबै संरचना परिचालन गर्ने निर्णय गरेको थियो । सोही अभियान अन्तर्गत क्षेत्र नम्बर ५ मा क्षेत्रीय कार्य समिति र महाअधिवेशन प्रतिनिधिलाई खटाईने क्षेत्रीय सभापति पडालले बताए ।