खबरकुञ्जकर्मी ओझालाई ‘युवा पत्रकारिता पुरस्कार’
2022/02/19, 10:14
 
ss

खबरकुञ्ज डटकमका प्रबन्ध निर्देशक सीताराम ओझा ‘युवा पत्रकारिता पुरस्कार’ का लागि छनोट भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘युवा पत्रकारिता पुरस्कार २०७८’ का लागि उनी छानिएका हुन् ।

ओझालाई पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याए वापत पुरस्कारका लागि छनौट गरिएको हो । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले चार पत्रकारलाई आर्थिक वर्ष २०७८÷७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कारबाट सम्मान गर्न लागेको छ । जसमा सुदुरपश्चिमका तीन जना रहेका छन् । 

पुरस्कार प्राप्त गर्ने  पत्रकारमा ओझा सहित पुर्णबहादुर खड्का, बसन्ती बास्तोला र केशव भुल रहेका छन् । चारै जनलाई एक कार्यक्रमका विच पुरस्कृत गरिने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैया रहेको छ ।

२०७५ सालदेखि मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउदैँ आएका चार÷चार जनालाई पुरस्कृत गर्दै आएको छ ।