धनगढीमा विश्व नेपाली साहित्य महोत्सव २०७८ हुने
2022/02/20, 10:15
 
dd

धनगढीमा विश्व नेपाली साहित्य महोत्सव २०७८ हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा फागुन १९ देखि २१ गते सञ्चालन हुने भएको हो ।समाजले प्रत्येक वर्ष धनगढीमा महोत्सवको आयोजना गर्दै आएको छ । यस अघि २०७६ सालमा प्रथम विश्व नेपाली साहित्य महोत्सव सम्पन्न भएको थियो । कोरोनाका कारणले दुई बर्ष महोत्सव हुन सकेको थिएन् ।

यो महोत्सवको दोस्रो संस्करण हो । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा समाजमा आयोजित कार्यक्रमकाबीच महोत्सव आयोजना गरिने आयोजकले जानकारी दिएको हो ।यस कार्यक्रमले सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।

देशका कवि, लेखक, साहित्यकार, पत्रकार, कलाकार र बुद्धिजीवीलाई कार्यक्रममा आमन्त्रण गरिएको जोशीले बताए । यसका साथै देश बाहिर रहेका नेपाली भासी साहित्यकारहरूलाई पनि कार्यक्रममा आमन्त्रित गरिएको उनले बताए ।