एमसीसी संसदमा टेबल भएपछि धनगढी प्रर्दशन
2022/02/20, 4:19
 
aa

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि धनगढीमा पनि विरोध प्रर्दशन गरिएको छ ।

 

धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले विरोध प्रर्दशन गरेका हुन् ।  उनीहरुले धनगढी बजार लगायतका क्षेत्रमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि नारावाजी गरेका हुन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको हो ।प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् ।