एमसीसीमा प्रचण्ड र माधवका चार अबतार: एमाले नेता महेश बस्नेत
2022/02/22, 4:23
 
aa

नेकपा एमालेका नेता महेश बस्नेतले एमसीसी सम्झौतालाई पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गिजोलेको बताएका छन् । राष्ट्रिय युवा संघका केन्द्रीय इन्चार्ज समेत रहेका बस्नेतले प्रचण्ड र माधव नेपालकै भूमिकाले गर्दा एमसीसी परियोजनामा व्यापक भ्रम सिर्जना गरिएको पनि बस्नेतले उल्लेख गरेका छन् ।

मंगलबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले एमसीसीका सम्बन्धमा प्रचण्ड र नेपालका चार अबतार देखिएको बताउँदै उनीहरुकै कारण मुलुक द्धन्द्धतिर धकेलिएको भन्दै सबै जिम्मेवारी लिनुुपर्ने जनाए ।

‘हामीले पहिले बर्माका चार मुख हुन्छन भन्ने सुुनेका थियौँ । आज एमसीसीमा प्रचण्ड र माधव नेपालका चार मुख छन्, उहाँहरु संसदबाट पास गरौँ पनि भन्नुहुन्छ, एमसीसीलाई चिठी लेखेर पाँच महिनाभित्र पारित गछौँ पनि भन्नुुहुुन्छ, बस्नेतले भने, ‘प्रधानन्यायाधिशलाई महाअभियोग लगायो भने पास पनि गछौँ गठबन्धन पनि जोगाउछौँ, संशोधन भए पनि नभएपनि संकल्प प्रस्ताव लैजाउ भन्नुुहुुन्छ विरोधमा सडकमा कार्यकर्ताहरु पनि उतार्नुु हुुन्छ । ’

उनले माओवादी र एकीकृत समाजवादी पार्टीले आफ्ना कार्यकर्ताहरुलाई सडकमा रमिता गराउँदै मुुलुुकलाई द्धन्द्धतिर धकेल्ने काम गरिरहेकाले सबै जिम्मेवारी प्रचण्ड र माधव नेपालले लिनुुपर्ने समेत बताएका छन् । ‘उहाँहरु ९प्रचण्ड र माधव० ले एमसीसीमा भ्रम सिर्जना गरेर जनतामा व्यापक ध्रुवीकरण गर्न खोजेका छन्,’ उनले भने, ‘एमसीसीका नाममा मुुलुुकमा अर्को द्धन्द्ध सिर्जना गर्दै कार्यकर्ताहरुलाई सडकमा उतारेर पुुलिसमाथि ढुुङ्गा हान्ने काममा पठाएका छन्, यसको जिम्मेवारी पाँच दलीय गठबन्धन र चार मुखे अवतार प्रचण्ड र माधवले लिनुुपर्छ ।’

एमसीसी सम्झौतालाई विकास अनुदानको रुपमा स्वीकार गर्ने हकमा नेपालका सबै राजनीतिक दलहरुले सरकारमा हुुँदा कुनै न कुुनै हिसाबले भूमिका खेलेको उल्लेख गर्दै अन्तराष्ट्रिय शक्तिहरुले नेपाललाई खेल मैदान बनाउनुु खोज्नुु दुुर्भाग्यपूूर्ण भएको जनाए । एमसीसीका सम्बन्धमा एमालेले किन स्पष्ट धारण राखेको छैन रु भन्ने विषयमा बस्नेतले आफूहरु प्रतिपक्षको भूमिकामा भएकाले अहिले नै त्यो बेला नभइसकेको जनाए ।

‘समान्यतया प्रधानमन्त्री र सत्ताधारी दलहरु बहुुमतमा हुुन्छन भन्ने मान्यता हुुन्छ हुुन्छ, बहुुमतमा नभए नैतिक हिसाबले् सत्ता छोड्नुुपर्ने हुुन्छ,’ उनले भने ‘एमसीसीका सम्बन्धमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा बहुुमत हुुनुुहुुन्छ भन्ने हामी मान्छौँ । अहिले १६५ जनाको समर्थन उहाँहरुसँगै छ भन्ने हामी मान्छौँ । त्यसैले एमालेले भूमिका प्रकट गर्ने भएको छैन । ’

सरकारले संसदमा प्रस्तुत गरेको कुनै पनि विद्येयक तथा लोकप्रिय बजेटमा प्रतिपक्षी दलले समर्थन नगर्ने संसदीय अभ्यास नै रहेको उनको भनाइ थियो । सत्तारुढ गठबन्धन मुुलुुकका लागि घाँडो भइसकेकाले जतिसक्दो चाडो टुटनुुपर्ने भन्दै उनले मुुलुुकको हितका लागि काँग्रेससँग एमाले सहकार्य गर्न तयार रहेको समेत बताए ।