एमसीसी विशुद्ध अनुदान परियोजना हो, संसदबाट पारित हुन्छ : खानेपानी मन्त्री चौधरी
2022/02/25, 1:52

संघीय खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसी विशुुद्ध अनुदान परियोजना भएकाले प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् । प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले एमसीसीबारे सिर्जना भ्रम सत्य नभएको बताउँदै राष्ट्रको हितमा भएको जनाए ।

सरकारले मुलुुकको समृद्धि र गरिबी निवारणका लागि काम गरिरहेको उल्लेख गर्दै चौधरीले एमसीसी पनि गरिबी निवारणका लागि ल्याइएको परियोजना भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।
एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको र नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्ने विषयमा उनले लोकतन्त्रमा सबै विकल्प सम्भव हुने जनाए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08