
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट एमसिसी परियोजनालाई नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर मात्र अगाडि बढाउनुपर्ने बताएका छन्।

समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले एमसिसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व र यसमा नेपालीको रोजगारीको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गरे।
“यसबाट प्राप्त हुने मौद्रिक सम्पत्ति र सम्पदामा नेपालको हक सुरक्षित हुनुपर्दछ”, उनले भने, “परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्छ। परियोजना भनेको खासगरी अनुदानसँग जोडिएको छ भने त्यो अनुदान हुनुपर्दछ।” अध्यक्ष नेपालले आफ्नो पार्टीले यथास्थितिमा नै एमसिसी सम्झौतालाई अनुमोदन गर्न नसक्ने स्पष्ट पारे।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08