केन्द्रीय सदस्य राखेर सभापतिका उम्मेदबार नारायणदत्त भट्ट भने– ‘शेरबहादुर देउवाको सल्लाहमा सभापतिको उम्मेदबार बनेको हु’
2022/02/25, 9:08
 
ss

नेपाली काँग्रेसका नेता नारायणदत्त भट्टले कैलालीको सभापतिमा उम्मेदबारी घोषणा गरेका छन् । शुक्रबार धनगढीमा पाँच केन्द्रीय सदस्य र एक राष्ट्रिय सभा सदस्यको उस्थितिमा कार्यक्रम गरी भट्टले आयोजना गरी उम्मेदबारी घोषणा गरेका हुन् ।

केन्द्रीय सदस्यलाई राखेर उम्मेदवारी घोषणा गर्दै भट्टले केन्द्रीय सभापति शेरबहादुर देउवाको सल्लाह अनुसार कैलाली सभापतिको उम्मेदबार बनेको बताए । उक्त पक्षले संस्थापन पक्षको आधिकारिक उम्मेदवार भट्ट नै भएको दाबी गरेको छ।

घोषण सभामा कैलालीमा रहेका काँग्रेसका केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहेको थियो। धनगढीका मेयर तथा काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, उपमेयर तथा केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट, केन्द्रीय सदस्य जिवन राना, इश्वरी न्यौपाने, रणबहादुर रावल लगायतको सहभागिता रहेको थियो।

यस्तै संस्थापन इतरका नेता तथा राष्ट्रियसभा सदस्यमा विजयी नारायणदत्त मिश्र पनि भट्टको घोषणा सभामा सहभागी भएका थिए। सभापतिमा भट्टले उम्मेदवारी घोषणा गरे पनि उनको प्यानलबाट चुनाव लड्ने अन्य पदाधिकारी र सदस्यको भने टुंगो लागेको छैन।

१५ गते हुने चुनावअन्तर्गत भोलि मनोनयन दर्ताको तालिका छ।