काँग्रेस नेता रमेश लेखकको पहलमा कंचनपुरमा ५७ थान  पिपिइ हस्तान्तरण
2020/06/20, 7:54
 
korona

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको पहलमा बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड-१९ बिरुद्ध काम गरिरहेका  कंचनपुर जिल्लाका बिभिन्न स्वास्थ केन्द्रहरुमा कार्यरत स्वास्थ कर्मीहरुका लागि  ५६ थान पिपिइ सहित स्वास्थ्य सुरक्षा  सामग्रीहरु  हस्तान्तरण  गरिएको छ ।

नेपाली कांग्रेस कंचनपुर मार्फत कंचनपुर जिल्लाका  ३ वटै निर्वाचन क्षेत्रका स्थानीय तह  अन्तर्गत स्वास्थ्य केन्द्र हरुका लागि क्षेत्र नम्बर १ मा १३ थान  , क्षेत्र नम्बर २ मा १३ थान र क्षेत्र नम्बर ३ का लागि ३१ थान पिपिइ सहित सेनिटाइजर, सर्जिकल मास्क र एन-९५ मस्क  जिला कार्य समिति कंचनपुरको तर्फबाट प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई हस्तान्तरण गरिएको छ  ।

नेपाली कांग्रेस कंचनपुरका सभापति हरि प्रसाद बोहोरा सहित जिल्ला सचिव दिवाकर पाण्डे , क्षेत्र नम्बर -३ का सभापति गोपाल दत्त भट्ट , कांग्रेस नेता यज्ञ राज जोशी, बेल बहादुर राना  लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय कंचनपुरमा पुगेर हस्तान्तरण गरेका हुन । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै जिल्ला सभापति हरि प्रसाद बोहोराले नेपाली कांग्रेसले  महामारीका रोकथामका लागि  गरिने हरेक कार्यमा सहयोग गर्ने  प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले प्रमुख प्रतिपक्षी दलको तर्फ बाट गरिएको सहयोगको लागि नेता लेखक सहित नेपाली कांग्रेस कंचनपुर जिल्ला कार्य समिती लाई धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा पनि महामारी विरुद्धको कार्यमा सहयोगको लागि आग्रह गरे । नेता लेखकले पछिल्लो समय कंचनपुरमा कोरोना प्रकोप बढदै गएको , रोकथामका लागि सरकार उदासिन बनेको,  परीक्षणको गति न्यून भएकोमा चिन्ता व्यक्त गरे ।

नेता लखेकले कोरोना रोकथामका लागि प्रभारवकारी कार्य नभएको भन्दै सरकार  र  सम्बन्धित निकायको ध्यानाकर्षण  गराउनुका साथै विभिन्न निकायहरूसंगको समन्वयमा सुदूरपश्चिममा कोरोना रोकथामका लागि उपकरण तथा स्वास्थ्य सामग्री पठाउने गरेको नेता लेखकका सहयोगी जनक भट्टले जानकारी दिए ।

बिभिन्न जिल्लाबाट  स्वास्थ्य सुरक्षा सामग्रीहरुको पनि अभाव रहेको गुनासो आएपछि  नेता लेखकको  पहलमा स्वास्थ्य सुरक्षा सामग्री कंचनपुर पठाइएको  नेता लेखकका सहयोगी भट्टले बताए ।