सेती अस्पतालको प्रयोगशालाका स्वास्थ्यकर्मीमाथि हातपातको घटना माफी मागेर मिलाईयो 
2020/06/20, 8:39
 
hatpat

सुदूरपश्चिम फाउण्डेसनका युवाहरुले धनगढी प्रयोगशालाका प्राविधिकमाथि हातपात गरेको घटनालाई माफी मागेर मिलाईएको छ । सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर सीमा नाकामा खाना वितरणको जिम्मा दिएको सुदूरपश्चिम फाउण्डेसनका युवाहरुले परिक्षणको क्रममा प्रयोगशालाका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेकोमा माफी मागेर घटना मिलाईएको हो । अस्पताल विकास समितिका अध्यक्ष दुर्गा जोशीले दुवै पक्षलाई वोलाएर छलफल गर्दा फाउण्डेसनका युवाहरुले माफी मागेपछि घटनालाई टुंगाईएको हो ।

फाउण्डेसनका युवा र अस्पतालका विकास समितिका अध्यक्ष जोशी दुवै नेकपामा आबद्ध छन् । त्रिनगर सीमा नाकामा प्रदेश सरकारको आर्थिक सहयोगमा खाना वाडिरहेका युवाहरुको समुह आफै आरडिटी चाँजका लागि गएको अवस्थामा विश्व स्वास्थ्य संगठनको नियम अनुसार जाँच गर्न नआएको भन्दै फाउण्डेसनका युवाहरुले स्वास्थ्यकर्मीहरुलाई दुव्यवहार गरेका थिए । छलफलमा माफी माग्दै आगामी दिनमा यस्ता गतिविधि नगर्ने सहमति भएको छलफलमा सहभागी स्वास्थ्यकर्मीहरुले जानकारी दिए । तर अध्यक्ष जोशी र मेसु डाक्टर हेमराज पाण्डेयले स्वास्थ्यकर्मीलाई दोषी देखाउन खोजेका थिए । 

धम्की हातपात र दुव्र्यवहारपछि प्रादेशिक प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग गर्दै केही घण्टा काम समेत रोकेका थिए । तर पछि माफी मागेपछि प्रयोगशालाको काम भने सुचारु भएको छ । शुक्रवार प्रयोगशालाको ढोका खोलेर तीन जना युवाहरु भित्रै पसेर बाहिर आउ तिमिहरुलाई सडकमा देखाउँछु भन्दै कार्यरत स्वास्थ्यकर्मीहरुलाई धम्की दिएको प्रयोगशालाका निमित्त प्रमुख दुर्गादत्त जोशीले बताए । 

यता सुदूरपश्चिम फाउण्डेसनका युवाहरुले धनगढी प्रयोगशालाका प्राविधिकमाथि हातपात गरेको घटना प्रति मेकिडल ल्याव्रोरेटोटरी एसोसिएसन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर सीमा नाकामा खाना वितरणको जिम्मा दिएको सुदूरपश्चिम फाउण्डेसनका युवाहरुले परिक्षणको क्रममा प्रयोगशालाका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेकोमा मेलान सुदुरपश्चिम कार्य समिति र कैलाली जिल्ला कार्य समितिले आपत्ति जनाएको छ ।

‘स्वास्थ्यकर्मीहरुमाथि जथाभावी धाक धम्की देखाई गाली गलौच गरी रोडमा लगेर पिट्ने सम्मको कुराहरु गर्नु एक्दमै लज्जास्पद र अशोभनीय कार्य भएको हामीले ठहर गरो छौं ।’ जारी विज्ञप्तीमा भनिएको छ । प्रयोगशालाकर्मीहरुको मनोबल वढाउन छोडी अनेक आरोप लगाई काममा वाधा अवरोध गर्न खोजी यस्ता दुव्र्यवहार गर्नुको सट्टा मनोबल वढाउन विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष दिपेन्द्र तिवारी र जिल्ला अध्यक्ष मीन धामीद्धारा विज्ञप्तीमा कोरोनाको माहामारीको वेला प्रयोगशाला स्वास्थयकर्मीहरुको मनोबल घटाउनेभन्दा पनि वढाउनेतिर ध्यान दिएर साथ सहयोग गर्न आग्रह गरिएको छ ।

तर यता सुदूरपश्चिम फाउण्डेसनले भने दुव्र्यवहार नभएको जनाएको छ । फाउण्डेसनका अध्यक्ष भरत शाहले युवाहरु खाना खुवाउनका लागि त्रिनगर नाकामा खाना खुवाउन सक्रिय भएकोले उनीहरुको आरडिटी जाँचका क्रममा सामान्य विवाद भएको प्रतिक्रिया दिए । तर कुनै दुव्र्यवहार नभएको दावी गरे ।

अध्यक्ष शाहले आफुहरुले मन्त्रालयबाट दिएको पत्र अनुसार जाँच गर्न भन्दा नमानेपछि सामान्य विवाद भएको भएको बताए । आफुहरुलाई पत्रमा लेखेको मापदण्ड अनुसार जाँच गर्दा आग्रह गर्दा पनि त्यस हिसाबले जाँच नगरेको फाउण्डेसनले जनाएको छ ।