कैलाली काँग्रेस अधिवेशनःदोस्रो चरणको मतदान 
2022/03/03, 1:54
 
aa

नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि बिहीबार ९आज० दोस्रो चरणको मतदान हुने भएको छ। पहिलो चरणमा भएको निर्वाचनबाट कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो।

निर्वाचन समितिले कैलाली उद्योग वाणिज्य संघमा मतदानस्थल तोकेर तयारी पूरा भएको र  बिहान साढे ८ बजेबाट मतदान सुरु हुने बताएको छ। पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा उत्रिएका थिए। सोमबार सकिएको मतगणनाअनुसार बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए। तर, कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नआएकाले दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ।

यता, डा शेखर कोइरालानिकट उम्मेदवार कलेलले भने दोस्रो चरणमा बमलाई समर्थन गर्ने भएका छन्। कलेलले बुधबार पत्रकार सम्मेलनमार्फत आफूले बमलाई सभापतिमा समर्थन गर्ने घोषणा समेत गरेका छन्।