
कैलालीको धनगढीमा आजदेखि साहित्य महोत्सव सुरू भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा हुने नेपाली साहित्य महोत्सव २०७८ को मुख्यमन्त्री त्रिलोचन भट्टले उद्द्घाट्न गरेका छन् ।

महोत्सव आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले नेपाली भाषा संस्कृतिको उजागर गर्ने तथा सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तराष्टिय स्तरसम्म जोड्ने उद्देश्यले महोत्सवको आयोजना भएको बताए ।
महोत्सवमा विभिन्न ठाउँबाट दुई सय बढी साहित्यकारको उपस्थिती रहेको छ। उनीहरुको उपस्थितीमा थुप्रै काव्य गोष्ठी पनि सञ्चालन हुने आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए।

गजल साँझ, सांगीतीक साझ लगायतका कार्यक्रमको पनि आयोजना गरिएको उनले बताए। यसअघि २०७६ सालमा धनगढीमै विश्व नेपाली साहित्य महोत्सव आयोजना भएको थियो।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05