कांग्रेस अछाम अधिवेशनः ४ जना पदाधिकारीका लागि १९ जनाको उम्मेद्वारी
2022/03/04, 8:25
 
dd

नेपाली कांग्रेस अछामको जिल्ला अधिवेशनका उम्मेद्वारहरुको मनोनय प्रक्रिया सकिएको छ । निर्वाचन समितीले जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति र महासमिति सदस्यहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । ७ औँ जिल्ला अधिवेशन अन्तर्गत सभापति पदका लागि ३ जनाको उम्मेद्वारी परेको छ ।

पूर्व पार्टी सभापति पुष्प बहादुर शाह, वर्तमान सभापति भरत कुमार स्वाँर र नेविसंघ अछामका पूर्व अध्यक्ष राजन कुवँरको सभापतिमा उम्मेद्वारी परेको हो । सभापतिका उम्मेद्वार शाह क्षेत्र नं. २ बाट एक्लो उम्मेद्वार हुन भने क्षेत्र नं. १ बाट स्वाँर र कुवँरले उम्मेद्वारी दर्ता गराका हुन् ।

उपसभापतिमा आवश्यक २ पदका लागि ५ जनाको उम्मेद्वारी परेको छ । जसमा चन्द्र प्रसाद ढुंगाना, टेक बहादुर साँउद, धनबहादुर शाह, नयाँराम बजगाई र ललित बहादुर कुवँरले उम्मेद्वारी दर्ता गराएका छन् । उपसभापतिमा ढुंगाना र बजगाँई क्षेत्र नं. २ बाट हुन् भने क्षेत्र नं. १ बाट साँउद, शाह र कुवँरको उम्मेद्वारी कायम भएको छ ।

जिल्ला सचिव २ जनाको लागि ६ जनाको उम्मेद्वारी परेको छ । अनिल कुमार बिष्ट, टक्कर बहादुर शाह, नरेन्द्र बहादुर कुवँर, पुष्प बहादुर बिष्ट, प्रकाश बहादुर साँउद र सुरत बहादुर बुढथापाको उम्मेद्वारी परेको छ । सचिवमा दुबै क्षेत्रबाट ३/३ जनाको उम्मेद्वारी कायम भएको छ । यस्तै सहसचिव २ जनको लागि ५ जनाको उम्मेद्वारी परेको छ । खगेन्द्र बहादुर खड्का, गोबिन्द बहादुर बिष्ट, दिनेश कुमार स्वाँर, ललित बहादुर साँउद र हिक्मत बहादुर धामीको उम्मेद्धारी कायम रहेको छ । जिल्ला कार्य समिती सदस्य खस आर्य ६ पुरुष तर्फ जनाको लागि २१ जनको उम्मेद्धारी परेको छ ।

खस आर्य महिला सदस्यमा ५ जनामा ५ जनाको मात्रै उम्मेद्धारी परेकाले उनिहरु सबै निरबिरोध निर्वाृचित भएका छन् । दलित सदस्य पुरुष तर्फ ६ र महिला तर्फ २ जनाले उम्मेद्धारी दिएका छन् । भूगोल तर्फ मंगलसेन नगरपालिकामा ६ जना, साँफेबगरबाट ४ जना, चौरपाटीबाट २ जना, मेल्लेख बाट २ जना, बान्नीगढी जयगढबाट ४ जना, रामारोशनबाट ५ जना, कमलबजारबाट ५ जना, पञ्चदेवल बिनायक बाट ६ जना, तुर्माखाँदबाट ४ जना र ढकारीबाट ३ जनाको उम्मेद्वारी परेको छ ।