
कांग्रेस अछाम सभापतिमा पुष्पबहादुर शाह विजयी भएका छन् । शाह ७७९ मत ल्यायर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी भरत स्वाँरले ७११ मत ल्याएका हुन् ।

अछाम जिल्ला सभापति पदका लागि दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनावी प्रक्रियामा गएको थियो ।
पहिलो चरणमा वर्तमान सभापति भरतकुमार स्वाँर, पूर्वसभापति पुष्पबहादुर शाह र नेपाल विद्यार्थी संघ अछामका पूर्वअध्यक्ष समेत रहेका कांग्रेस महासमिति सदस्य राजन कुँवर चुनावी मैदानमा उत्रिएका थिए ।

कुँवरले दोस्रो चरणमा चुनावी प्रक्रियामा वर्तमान सभापति भरतकुमार स्वाँरलाई सहयोग गरेका थिए ।
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/01, 5:58
2021/04/21, 3:40
2021/11/07, 4:11
2023/07/01, 2:59