भक्त बीबी हेल्पिङ ह्यान्डसद्धारा बझाङमा सहयोग
2020/06/20, 2:37
 
korona

भक्त बीबी हेल्पिङ ह्यान्डस फर ह्युमानिटी संस्थाले बझाङमा सहयोग गरेको छ । विभिन्न संघ संस्थाहरुको पहलमा बझाङमा सहयोग गरिएको हो । हाल अमेरिकामा रहेका संस्थाका अध्यक्ष भक्त बहादुर भण्डारीको नेतृत्वमा केन्द्रिय सल्लाहकार सदस्य बझाङ निवासी हाल अमेरिकामा रहेका केशवराज जोशी तथा बझाङका अरुण  मल्ल सत्यराज भण्डारी, बिर्ख बहादुर मल्ल, अङ्गद भण्डारी, राजु चन्द, मन्जित ताम्राकारको पहलमा  सहयोग सामाग्री हस्तान्तरण गरिएको छ ।

b

संस्थाले बझाड जिल्लामा १२ वटै तहमा रहेका क्वारेन्टिनमा बसेका झण्डै ३ हजारभन्दा बढीका लागि प्रति व्यक्ति सावुन र मास्क वितरण गरेको छ । सदरमुकाम चैनपुरमा एक औपचारिक कार्यक्रम गरी ती सामाग्रीहरु हस्तान्तरण गरिएका हुन् । क्वारेन्टिनमा रहेका जनप्रतिनिधिका साथै स्थानीय अगुवाहरुलाई साबुन मास्क वितरण गरेको हो ।

2

देशमा भूकम्प गएका बेला पनि सहयोग गरेको संस्थाले अहिले कोरोना भाइरस महामारीका बेला पनि यसको रोकथाम र न्यूनीकरणका लागि तथा समस्यामा परेकाहरुलाई राहत सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले कोरोनाले देशमा लकडाउन भएपछि भारतबाट नेपाल भित्रिएका नेपालीहरुका लागि खाना खुवाउन तथा क्वारेन्टिनमा रहेकाहरुका लागि स्वास्थ्य सामाग्री पनि सहयोग गरेको छ ।

1

संस्थाले भारतबाट आएका नेपालीहरुलाई अछाम, बाजुरा र डोटीका लागि स्याउलेमा र बैतडी, दार्चुला, डडेलधुरा र बझाङका नागरिकहरुका लागि डडेल्धुरामा खाना खुवाउने व्यवस्थासमेत गरेको थियो । साथै संस्थाले धनगढीको चटकपुरमा क्वारेन्टिन स्थापना गरेको संस्थाका अंगद भण्डारीले बताए ।