डाक्टर आरजु राणाद्वारा  कंचनपुर र दार्चुलाका लागि स्वास्थ्य सामाग्री सहयोग 
2020/06/20, 2:57
 
arju raana deuba

सुरक्षित मातृत्व संजाल महासंघ नेपालकी केन्द्रीय अध्यक्ष  डाक्टर आरजु राणा देउवाले कंचनपुर र दार्चुला जिल्लाका जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा रहेका प्रसुति गृहलाई ६ लाख बराबरको स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेकी छिन । सूदूरपश्चिमका जनतालाई कोरोना भाईरसको संक्रमणबाट बचाउनका लागि विभिन्न समयमा सदूरपश्चिमभरी  लाखौको स्वास्थ्य सामाग्री र अति विपन्न गर्भवती र सुत्केरी महिलालाई राहत सहयोगको कामलाई निरन्तरता दिदै आइरहेकी छिन  ।  

dr arju

 डाक्टर आरजु राणा देउवा सूदूरपश्चिममा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निरन्तर सक्रिय रहदै आएकी छिन  ।  सुदूरपश्चिममा संक्रमण रोकथाम तथा नियन्त्रणका शूरुवाती अवस्था देखि केन्द्र,प्रदेश र स्थानिय सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउनुका साथै उक्त सवालमा आफ्नो क्रियासिलता र सहयोगलाई निरन्तर जारी राख्दै आएकी छिन  । 

सूदूरपश्चिमका जनतालाई कोराना भाईरसको संक्रमणबाट बचाउन र प्रसुती गृहमा रहेका गर्भवती र सुत्केरी महिला एंव नवजात शिशुको स्वास्थ्यलाई मध्येनजर गर्दे स्वास्थ सुरक्षामा विशेष सहयोग पुगोस भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएको संजालकी अध्यक्ष एवं वरिष्ठ सामाजिक अभियन्ता डा.आरजु राणा देउवाले बताईन  । उनले भनिन स्वास्थ सामाग्रीले कोरोना भाईरस संक्रमणबाट वच्न र अन्य जोखिम न्युनिकरणमा प्रसुति गृहमा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुलाई प्रत्यक्ष टेवा पुग्नेछ । 

arju
कंचनपुर र दार्चुला जिल्लाका लागि हस्तान्तरण गरिएको स्वास्थ सामाग्रीहरुमा पिपिई ३२ सेट,सेनिटाईजर ६० लिटर ,थरमल गन १० वटा,पन्जा २,६०० पिस,पेपर मास्क २,००० पिस,एन ९५ मास्क १३२ पिस,हातधुने साबुन ३००  वटा,स्यानेटरी प्याड ९६० वटा र फिससिल्ड  ३२  वटा रहेका छन् । 
कंचनपुर र दार्चुलाको स्वास्थ सामाग्री सुरक्षित मातृत्व संजाल महासंघ नेपाल कैलालीका अध्यक्ष विनय लामा र सचिव तपेन्द्र भूषालले सुदूरपश्चिम प्रदेश सासद एंवं लेखा समितीकी सभापति नन्दा बमलाई हस्तान्तरण गरेका थिए  ।

arju

सूदूरपश्चिममा कोरोना संक्रमण र स्वास्थ सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दे  डाक्टर आरजुले सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रसुती गृहलाई स्वास्थ्य सामाग्री र सुत्केरीलाई पोषणयुक्त खाद्य सामाग्री निरन्तर प्रदान गर्दे आएकी छिन  ।