सुदूरपश्चिम फाउण्डेसनको दावी– ‘प्रयोगशालाकर्मीले दुव्र्यवहार गरेका हुन ।’
2020/06/20, 4:23
 
korona

सुदूरपश्चिम फाउण्डेसनले सेती प्रादेशिक अस्पतालका प्रयोगशालाकर्मीमाथि दुव्र्यवहार नगरेको दावी गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै फाउण्डेसनले संस्थामा आवद्ध कुनैपनि युवाले प्रयोगशालाकर्मीमाथि दुव्र्यवहार नगरेको स्पष्ट पारेको हो । फाउण्डेसनका अध्यक्ष भरत शाहद्धारा जारी विज्ञप्तीमा प्रयोगशालाकर्मीहरुले आफु र आफ्ना युवाहरुलाई दुव्र्यवहार गरेको दावी गरिएको छ । 

‘आफ्नो ज्यानको बाजी राखी विगत २५ दिनदेखि त्रिनगर सीमा नाकामा खाना र पानी वितरण कार्यमा अहोरात्र खटिएका फाउण्डेशनका ४५ जना स्वंमसेवी युवाहरु (बायोमेडिकल इन्जिनियर समेत) आरडिटी परीक्षणका लागि सबै प्रक्रिया पुरा गरेर मध्यान्ह्तिर सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पुगेका थिए । परीक्षणका लागि नमूना संकल विधि त्रुटीपूर्ण रहेको हामीले जानकारी गरायौं । त्रुटी औल्याउँदा त्यहाँ कार्यरत निमित्त ल्याब प्रमुख दुर्गादत्त जोशीले उल्टै फाउण्डेशनका स्वंमसेवीमाथि दुव्र्यवहार गरेका हुन् ।’– विज्ञप्तीमा भनिएको छ ।

b

दुव्र्यवहार तथा हातपातको घटनामा फाउण्डेसनको नाम जोडेर गरिएको प्रचार प्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएकोे छ । सुदूरपश्चिम फाउण्डेसनका युवाहरुले सेतीको प्रयोगशालाका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको आरोप लागेको थियो । पछि दुवै पक्षले माफी माग्दै घटनालाई मिलाएका थिए ।