अमेरिकाबाट आनन्द बिष्टद्धारा गृह जिल्ला डोटीका लागि एक लाख ५१ हजार रुपैया सहयोग
2020/06/21, 7:25
 
korona

नेपालीहरू जुनसुकै ठाउँमा गए पनि आफ्नो गाउँको मायाले सधैँ चिमोटिरहन्छ । यति बेला संसारलाई कोरोनाले सङ्क्रमित पारेको यो बेलामा अमेरिकामा बसोबास गर्दे आएका नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एंवम नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द विष्टद्वारा नेपाली काँग्रेस डोटी जिल्ला कार्य समितिद्वारा जिल्लाभरका कोरोना सङ्क्रमित र यसको प्रभावबाट प्रभावित दिदीबहिनी तथा दाजुभाइहरूलाई औषधी लगायत खाद्य सामाग्रीहरू उपलब्ध गराउने हेतुले स्थापना गरिएको आकस्मिक राहत कोषमा एक लाख एकाउन्न हजार सहयोग गरेका छन् ।

कोरोनाको प्रभावले चाहे नेपालमा होस या संसार भरी अस्तव्यस्त पारेको यो बेलामा अमेरिकामा प्रमुख भूमिका खेल्दै विभिन्न सहयोग गर्दे आएका विष्टले यति बेला आफ्नै जन्म भूमिलाई सम्झेर औषधी लगायत खाद्य सामाग्रीहरू उपलब्ध गराउने हेतुले आकस्मिक राहत कोषमा जम्मा गरेका हुन् । प्रवासमा बसेर यसरी आफ्नो गाउँलाई सम्झेर यो दुखद घडीमा सहयोग गर्ने पाएकोमा उनले  खुसी व्यक्त गरेका छन् ।

डोटी जिल्लामा स्थापना भएको यस राहत कोषमा सबैले सहयोग गर्न तथा डोटेली जनताको दुःख सुखमा सधैँ साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।